कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप
कास्कीमा १२ वर्षभन्दा माथिका किशोर किशोरी लगाइने कोरोनाविरुद्धको फाइजर खोप एक हजार ९२० जनाले लगाएका छन् । कास्कीमा पहिलो चरणमा उपलब्ध दुई हजार १०० खोपमध्येसम्म मङ्गलबारसम्म एक हजार ९२० जनाले लगाएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोरोना फोकल पर्सन डा शरद बरालले जानकारी दिए ।
उनका अनुसार जिल्लामा गत कात्तिक २८ देखि यही मङ्सिर ३ गतेसम्म उक्त उमेर समूहका दीर्घरोगीलाई प्राथमिकता दिएर प्रदान गरिएको र बाँकी अरू किशोरकिशोरीका लागि प्रदान गरिएको थियो । उजले बाँकी खोप आज प्रदान गरिने बताए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२ हजार ८४३ रहेका छन् । पहिलो चरणमा भाइजर खोप गण्डकी प्रदेशका कास्की र धौलागिरिका दुई अस्पतालबाट सञ्चालन गरिएको हो । धौलागिरिमा बुधबारसम्म एक हजार ९६ जनाले लगाएका छन् ।
अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप नेपालमा पहिलो चरणमा एक लाख ६२० खोप देशका विभिन्न २५ वटा अस्पताललहरुमा सञ्चालन भएका छन् । यो खोप नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा दिइएको छ । अहिलेसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण