सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सारांश
- सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
- सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गुर्भाकोट नगरपालिका–१३, सेराघारीमा अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।
- घाइतेहरूको कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ ।
सुर्खेत। सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी कविन्द्रसिं बोहोराका अनुसार, बुधबार बिहान ११ः४५ बजे सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गुर्भाकोट नगरपालिका–१३, सेराघारीमा दुर्घटना भएको हो ।गाडी अनियन्त्रित भई सडकमै पल्टिएको बोहोराले बताए ।
घाइतेहरूको विवरणः
क) कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचार भइरहेकाः
१. जि. सुर्खेत, सिम्ता गा.पा.–९ बस्ने वर्ष ४० को गणेश वली; चोटः टाउकोमा, अवस्थाः गम्भीर।
ख) कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार भइरहेकाः
२. जि. सुर्खेत, गुर्भाकोट न.पा.–१३ बस्ने वर्ष २३ की ममता पुन; अवस्थाः सामान्य।
३. ऐ. बस्ने ममता पुनको छोरा वर्ष ५ को रियाज शाही; चोटः टाउकोमा, अवस्थाः गम्भीर।
ग) माया अस्पताल, सुर्खेतमा उपचार भइरहेकाः
४. जि. सुर्खेत, सिम्ता गा.पा.–९ बस्ने वर्ष ४५ की विष्णुमाया सुनार; चोटः टाउकोमा, अवस्थाः मध्यम।
५. ऐ. बस्ने वर्ष १० को प्रविन सुनार; चोटः टाउकोमा, अवस्थाः मध्यम।
६. जि. तनहुँ (वतन बताउने) वर्ष ३९ की भावना राई; चोटः टाउकोमा, अवस्थाः गम्भीर।
७. ऐ. निजको छोरा वर्ष २ को प्रज्वल राई; चोटः ढाडमा, अवस्थाः सामान्य।
घ) मेहेलकुना अस्पताल, सुर्खेतमा उपचार भइरहेकाः
८. जि. सुर्खेत, गुर्भाकोट न.पा.–१४ बस्ने वर्ष ३२ की जैसरा बुढा; चोटः टाउको र मुखमा, अवस्थाः मध्यम।
९. ऐ. बस्ने वर्ष ६० की भुमिसरा खड्का; चोटः दायाँ खुट्टामा, अवस्थाः मध्यम।
१०. निजको श्रीमान् वर्ष ४२ को उदयराम भुजेल; चोटः टाउको र ढाडमा, अवस्थाः मध्यम।
११. ऐ. बस्ने वर्ष ४५ की धनमाया भुजेल; चोटः बाहिरी चोट नदेखिएको, अवस्थाः मध्यम।
१२. जि. सुर्खेत, सिम्ता गा.पा.–९ बस्ने वर्ष ३२ की टिका खत्री; चोटः दायाँ हातमा, अवस्थाः सामान्य।
१३. ऐ. बस्ने वर्ष ६० को भिम ब. थापा; चोटः बायाँ हातमा, अवस्थाः मध्यम।
१४. ऐ. बस्ने वर्ष ५५ की तुलसरा सुनार; चोटः दायाँ हात र ढाडमा, अवस्थाः मध्यम।
१५. जि. सुर्खेत, गुर्भाकोट न.पा.–१४ बस्ने वर्ष १२ को सक्षम बुढा; चोटः टाउको र खुट्टामा, अवस्थाः मध्यम।
१६. ऐ. वडा नं. १२ बस्ने वर्ष १५ की प्रिति गुरुङ; चोटः टाउकोमा, अवस्थाः सामान्य।
१७. जि. सुर्खेत, सिम्ता गा.पा.–९ बस्ने वर्ष ३० की शान्ता खत्री; चोटः शरीरको विभिन्न भागमा, अवस्थाः मध्यम।
१८. जि. सुर्खेत, गुर्भाकोट न.पा.–१४ बस्ने वर्ष १७ की भावना आले; चोटः हातमा, अवस्थाः सामान्य।
१९. जि. सुर्खेत, सिम्ता गा.पा.–९ बस्ने वर्ष ३० की मनिषा थापा; चोटः घाँटी र दायाँ हातमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण