सुर्खेतमा देउवा पक्षको क्लिन स्विप, जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजित
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुरको गृहजिल्ला सुर्खेतमा संस्थापन इत्तर पक्ष क्लिन स्विप भएको छ । सुर्खेतको दुईवटा प्रतिनिधिसभा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षले क्लिन स्विप परेको छ । संस्थापन इत्तर पक्ष निक वर्तमान जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर दुइ जिल्ला सभापति रेग्मी र पूर्वमन्त्री शिवराज जोशी पराजित भएका छन् । रेग्मीले ३२० र जोशीले ३१० मत प्राप्त गरेका छन् । दुवैजना रामचन्द्र पौडेल पक्षका हुन् । सुर्खेतमा महामन्त्री खड्का र केन्द्रीय सदस्य हृदयराम थानी समूह छुट्टाछुट्टै प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । केन्द्रमा खड्का सभापति शेरबहादुर देउवा पक्षमा छन् भने थापा पौडेल समूहमा रहेका छन् ।
स्वतः महाधिवेशन प्रतिनिधि हुने भएपनि क्षेत्र नम्बर १ बाट महामन्त्री खड्का पनि सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ८ सय ७४ मत खसेकोमा खड्काले ७ सय ३६ मत पाए । सुर्खेतको दुवै क्षेत्रका सबै महाधिवेशन प्रतिनिधि खड्कानिकट प्यानलले जितेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण