लिङदेनलाई समर्थन गर्दै धवलशमशेरले भने, ‘अब नयाँ अनुहार चाहिएको छ’
राप्रपाका नेता धवलशमशेर राणाले अब पार्टीमा नयाँ अनुहार चाहिएको बताएका छन् । पार्टीको अध्यक्ष पदमा राजेन्द्र लिङदेनको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै राणाले अब महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा जिकिर गरेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले भने, ‘अब नयाँ अनुहार चाहिएको छ । पार्टीको पुनर्स्थापना गर्ने पनि राजनीतिक माध्यमबाटै नै हो । त्यसको विकल्प छैन । नेतृत्वप्रति विश्वास नगरी राप्रपाले भोट पाउन सक्दैन । हामीले जनताले चाहेको गर्न सकेनौँ । हामीले दण्ड पायौँ । पाइरहेका छौँ । पछिल्लो २ वर्ष हामी बन्धन गरेका छौँ । हामी महाधिवेशनमा छौँ । अब महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न सक्नुपर्छ । अब व्यक्तिको मुख होइन पार्टी र देश हेर्नुपर्छ ।’
‘ मैले अगाडि आउने साथीहरूलाई साथ दिन्छु भन्दै आएको थिएँ । अहिले राजेन्द्र लिङदेन अगाडि आउनुभयो । उहाँलाई देशले नै माया गरेको छ । त्यसैले मैले उहाँलाई अध्यक्षका रूपमा अगाडि सार्ने घोषणा गरेको छ,’ उनले थपे ।
राणाले हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने पार्टीको एजेन्डा भएको पनि स्पष्ट पारे । उनले यो माटो सुहाउने एजेन्डा भएको जिकिर पनि गरे । ‘गएको निर्वाचनपछि हामी घायल भएका छौँ । अब यहाँबाट तल जाने ठाउँ छैन । अब हामी माथि उठ्नुपर्छ । हाम्रो पार्टी किन माथि उठ्न सकेन भनेर चिन्तन गरेका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
