तनहुँ काँग्रेसको सभापतिमा न्यौपाने र आलेबीच प्रतिस्पर्धा हुने
नेपाली काँग्रेसको तनहुँ जिल्ला कार्यसमितिको सभापतिमा दुई जना आकांक्षीका बीच प्रतिस्पर्धा हुने भएको छ । मंसिर ११ गते हुने अधिवेशनमा अहिलेका जिल्ला सभापति वैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जितप्रकाश आलेबीच प्रतिस्पर्धा हुने भएको हो । दुवै समूह प्यानलसहित चुनावमा जाने भएका छन् ।
न्यौपाने स्थानीय निर्वाचनमा ब्यास नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आलेलाई पार्टीले कार्यवाहक सभापति बनाएको थियो । न्यौपानेको टीमबाट उपसभापतिमा उदयराज गौली र बालकृष्ण घिमिरे उम्मेदवार बनेका छन् । यस्तै, सचिवमा किसान गुरुङ र केशबहादुर सुनार, सहसचिवमा मिलन आले र धिरेश खनाल छन् ।
त्यसैगरी आलेको टिमबाट उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् । सचिवमा भने सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल, सहसचिवमा परमेश्वर भट्टराई र हुतमणि अधिकारीले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण