स्वरोजगार कोष र गरिमा विकास बैँकबीच विपन्नलक्षित कर्जा सम्झौता
बिहीबार, ०९ मङ्सिर २०७८, १६ : २७
युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच विपन्नलक्षित कर्जा सम्झौता भएको छ । न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक क्षमताका व्यक्तिहरू, सीमान्तकृत समुदाय तथा साना किसान, कालीगढ, मजदूर र भुमिहिन विपन्न परिवारहरूलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्ने गरी बैंक र कोषबीच सम्झौता भएको हो ।
बिहीबार एक कार्यक्रमकाबीच बैंक र कोषबीच सम्झौता भएको छ । सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण