शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
सारांश
- शिक्षा मन्त्रालयले शैक्षिक परामर्श व्यवसायीहरूलाई छलफलका लागि बुधबार पत्राचार गरेको छ।
- व्यवसायीहरूले 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३' मा असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन्।
- व्यवसायीहरूले नियमावली अव्यवहारिक भन्दै संशोधन गर्नुपर्ने, आम्दानीको स्रोत रोक्न नहुने, दोहोरो कर खारेज गर्नुपर्ने र क्षतिपूर्तिको व्यवस्था हटाउनुपर्ने माग राखेका छन्।
काठमाडौँ । शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा तथा खेलकुद मन्त्रालयले पत्राचार गरेको छ । शिक्षा मन्त्रालयले शैक्षिक परामर्श व्यवसायीहरूको छाता सङ्गठन नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घ लगायतलाई बुधबार पत्राचार गर्दै छलफलका लागि आउन अनुरोध गरेको हो ।
भोलि बिहीबार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा छलफल हुने छ। शैक्षिक परामर्श व्यवसायीहरू मन्त्रालयले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’मा असन्तुष्टि जनाउँदै विरोधमा छन्।
व्यवसायीहरूले नियमावली अव्यवहारिक रहेको भन्दै संशोधन गर्नुपर्ने माग राख्दै आएका छन् ।शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ का केही प्रावधानहरू खारेजीको माग गर्दै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका थिए ।
विदेशी कलेज तथा विश्वविद्यालयबाट व्यवसायीहरूले प्राप्त गर्ने मुख्य आम्दानीको स्रोत रोक्न नहुने, दोहोरो कर विवरण बुझाउने तथा समता शुल्कको व्यवस्था हटाइनुपर्ने र विद्यार्थीलाई मानसिक वा आर्थिक क्षतिको आधारमा क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था अनुपयुक्त भएकाले खारेज हुनुपर्ने माग राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण