आयात र रेमिट्यान्सकै कारण मुलुकको शोधनान्तर स्थिति घाटामा गयो : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले मुलुकको शोधनान्तर स्थिति घाटामा जानुको कारण आयात र रेमिट्यान्स नै भएको बताएको छ । शुक्रबार चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गर्दै गरेको बैंकले पहिलो तीन महिनामा अत्याधिक आयात वृद्धि भएको तर यता विदेशी मुद्रा विपे्रषण (रेमिट्यान्स) आप्रवाहमा भने संकुचन आएकाले शोधानान्तर स्थिति घाटामा गएको बताएको हो । तर, सोही अवधिमा मुद्रास्फीति भने नियन्त्रितमा नै रहेको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा आर्थिक गतिविधि विस्तारसँगै आयात बढ्दै गएको तर विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतको रुपमा रहेको विप्रेषण आप्रवाह संकुचित हुँदै गएकोले शोधनान्तर स्थिति घाटामा रहेको बैंकको भनाई छ । कोभिड–१९ बाट प्रभावित विश्व अर्थतन्त्र पुनरुत्थानको दिशामा अघि बढेको छ ।
सन् २०२० मा ३.१ प्रतिशतले संकुचनमा गएको विश्व अर्थतन्त्र सन् २०२१ मा ५.९ प्रतिशतले र सन् २०२२ मा ४.९ प्रतिशतले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । विश्व मुद्रास्फीतिमा भने चाप पर्न थालेको छ । सन् २०२० मा विकसित र विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति क्रमशः ०.७ प्रतिशत र ५.१ प्रतिशत रहेकोमा सन् २०२१ मा क्रमशः २.८ प्रतिशत र ५.५ प्रतिशत हुने प्रक्षेपण छ । सन् २०२२ मा भने मुद्रास्फीतिमा केही सुधार हुने कोषको प्रक्षेपण छ । बैंकले मौद्रिक नीति मार्फत भनेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण