एमाले महासचिवमा त्रिपक्षीय भिडन्त, शंकर पोखरेलको आफ्नै दाउ
नेकपा एमालेमा पदाधिकारी चयन सहमतिमा गर्ने चर्चाका बीच महासचिवका एक दावेदारले निर्वाचनकै पक्षमा आफ्नो धारणा राखेका छन् । पूर्व मुख्यमन्त्री समेत रहेका पार्टीका स्थायी समिति सदस्य शंकर पोखरेलले चुनावको पक्षमा आफ्नो धारणा राखेका हुन् ।
होटल क्राउन सौराहामा आफू निकट नेताहरूसँगको छलफलमा नेता पोखरेलले चुनाव भए आफुले जित्ने निश्चित रहेको बताएका हुन् । उनले भने, ‘चुनाव भए कन्फर्म जितिन्छ, सहमति भए भन्न सकिन्न ।’ एमाले महासचिवमा केपी ओली पक्षकै दुई नेताहरु बिष्णु पौडेल र पोखरेल आकांक्षी छन् ।
त्यस्तै अर्का नेता सुरेन्द्र पाण्डेले पनि महासचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । महासचिव पदमा यी तीन नेताहरुबीच भिडन्त हुँदै गर्दा चुनावमा जाँदा पोखरेलले आफुलाई अब्बल दावी गरेका हुन् । एमालेको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको भएपनि हालसम्म के हुने भन्नेबारे अन्योल कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण