सर्लाहीमा दुई बच्चासहित आमा मृत फेला
आइतबार, १२ मङ्सिर २०७८, १५ : ३४
सर्लाहीको बरहथवा नगरपालिकामा दुई बच्चासहित आमा मृत अवस्थामा फेला परेकी छिन् । बरहथवा नगरपालिका–१ मा छोराछोरीसँगै आमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डिएसपी) माधवप्रसाद बुढाथोकीले रातोपाटीलाई बताए ।
बरहथवास्थित हजरियामा बस्ने शिव हजारीका २६ वर्षीया पत्नी कविता घरभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुुन् । उनी झुण्डिएको ठाउँमा ८ वर्षीया छोरी र ५ वर्षका छोराको शव भेटिएको छ ।
उनीहरुको शरीरमा चोटपटक नदेखिएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको डिएसपी बुढाथोकीले बताए । मृतक महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण