पार्टीभित्रको लोकतन्त्र कमजोर भएकोमा चिन्ता लागेको छ : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका छन् । आइतबार काँग्रेस रुपान्तरण एजेण्डा सार्वजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि दलहरूलाई नै लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक रहेको बताए ।
उनले भने– ‘राजनीतिक दलहरुभित्र आन्तरिक लोकतन्त्र कायम गर्न जरुरी देखेको छु । दलभित्र जसको कार्यकारी अधिकार छ उसले आफू अनुकुल हुनेगरी नियम बनाउने चलन छ । यसले विधि र प्रक्रियालाई अगाडि बढाउन सक्दैन । कार्ल मार्क्सको एउटा वाक्यले सारा विश्व दुनियाँका चेतनशील बुद्धिजीवी क्रान्तिकारीलाई एकताबद्ध बनाएको थियो । हामीले लोकतन्त्रलाई बलियो बनाउने हो भने नेतृत्वले सबै पक्षलाई एकजुट बनाएर लैजान सक्नुपर्छ ।’
उनले आजको अदालतको अवस्था बिग्रनुमा आन्तरिक लोकतन्त्र कमजोर हुनु उल्लेख गरे । संवैधानिक परिषदलाई भत्काउन देशको प्रधानमन्त्री, प्रधानन्यायाधीश देखि विपक्षी दलहरु समेत लागेको र राष्ट्रलाई निकास दिन ध्यान नदिएको बताए ।
उनले चुनाव भयो भने म चुनाव जित्न सक्छु भन्ने विश्वास राजनीतिक दलका नेताहरुमा नरहेको उल्लेख गर्दै संवैधानिक निकायको स्वतन्त्रता, तटस्थतालाई नेताहरुले आफू अनूकल बनाउने कुरा लोकतन्त्रका लागि घातक भएको दावी गरे ।
नेता पौडेलले न्यायालयलाई पारदर्शी र निष्पक्ष बनाउँन प्रश्न गर्नुपर्ने अवस्था आएको छ बताउँदै जनताको हक र अधिकारलाई सुनिश्चित गर्न हाम्रो व्यवस्था सक्षम हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण