खैरो हेरोइनसहित २ जना पक्राउ
आइतबार, १२ मङ्सिर २०७८, १६ : १०
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका– घर भएका ४२ वर्षीय तेजबहादुर गुरुङ र खुरखुरे घर भएका २९ वर्षीय अनमोल लामा छन् । उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००२ प १९०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथमा लागु औषध फेला परेको थियो । प्लाष्टिकको पोकामा लुकाएको सो खैरो हेरोइनसहित पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण