कपिलवस्तुमा तीनवटा मोटरसाइकल ठोक्किए, चालकको मृत्यु
आइतबार, १२ मङ्सिर २०७८, १७ : ००
कपिलवस्तुमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा विजयनगर ६ खजहानी डिहवा बस्ने अन्दाजी २५ वर्षीय वंशीलाल चौहानको मृत्यु भएको हो ।
जिल्लाको विजयनगर ६ फरेनी चोकमा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा ३ मोटरसाइकल एकआपसमा ठोकिएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मोटरसाइकल ठोक्किँदा दुर्घटनाबाट २ जना घाइते भएका छन् । उनीहरुको चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।
ठोक्किएका लु १३ प ३०९८ र लु ३४ प ७०५४ को मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको छ । अर्का एक व्यक्ति मोटरसाइकल लिएर फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण