ओमिक्रोन भेरियन्टका जोखिम : नेपाललाई पूर्वतयारी गर्न विश्व स्वास्थ्य संगठन आग्रह
विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९) नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
डब्यूचओले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन् ।
दक्षिण पूर्वी एसियामाका अधिकांश क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या वर्तमान समयमा कम देखिए पनि विश्वका केही देशमा नयाँ भेरियन्ट देखिएकोले जोखिम हटिनसकेको क्षेत्रीय निर्देशक सिंहले विज्ञप्तिमार्फत बताएकी हुन् ।
यस्तै डब्ल्यूएचओले सर्भेलेन्स र सिक्वेन्सिङलाई प्राथमिकता दिन समेत आग्रह गरेको छ । नेपालमा हाल सङ्क्रमण दर कम भए पनि नयाँ भेरियन्टले ठूलो असर पार्न सक्ने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलेसम्म दक्षिण पूर्वी एसियामा ३१ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने २१ प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
