मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द

सोमबार, २२ असार २०८३, २३ : २२
सोमबार, २२ असार २०८३

सारांश

  • जिल्ला प्रशासन कार्यालय रामेछापले राहदानी विभागको निर्देशनमा आगामी असार २४ देखि २६ गतेसम्म ३ दिन राहदानी सेवा बन्द गर्ने भएको छ ।
  • राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह गर्ने तयारी गरिरहेको र प्राविधिक तयारी गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको हो ।
  • नयाँ प्रणालीमा जाँदा राहदानी छपाइमा समय लाग्ने भएकाले सेवा प्रभावित हुनेछ ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रामेछापले राहदानी (पासपोर्ट) सम्बन्धी सम्पूर्ण सेवा आगामी तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने भएको छ । 

राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह गर्ने तयारी गरिरहेको भन्दै पत्र पठाएकाले जिल्लाबाट प्रदान गरिने सेवा प्रभावित भएको हो ।  

प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार, राहदानी विभाग, त्रिपुरेश्वरको निर्देशन बमोजिम असार २४ गतेदेखि  २६ गतेसम्म ३ दिन राहदानी सेवा बन्द रहनेछ । विभागले नयाँ प्रणालीमा जाने भएकाले राहदानी छपाइ समय लाग्ने हुँदा सेवा बन्द भएको छ ।

विभागले प्राविधिक तयारी गर्नुपर्ने भएकाले उक्त अवधिभर सेवा बन्द गर्न भनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप