‘घुइँचो’ एलिजाका लागि राहत
‘अनुराग’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी हुन् अभिनेत्री एलिजा गौतमले । निर्माण समेत आफ्नै रहेको ‘अनुराग’ बाट उनलाई सोचेजस्तो सफलता हात पार्न सकेन । फिल्ममा त उनले डेब्यु गरिन् तर अभिनयमा भने पहिचान छोड्न सकिनन् । सोही कारणले पनि उनको हातमा नयाँ फिल्म पर्न मुस्किल पर्यो ।
‘अनुराग’ मा अभिनय गरेको लामो समयपछि उनको हातमा अर्काे फिल्म पर्यो ‘घिन्ताङ’ । निर्देशक दीपक श्रेष्ठले फिल्ममा गौरव पहाडीको जोडीको रुपमा उनलाई ‘घिन्ताङ’ मा भित्र्याएका थिए । फिल्म छायाङ्कनका लागि फ्लोरमा निस्कने तयारी गर्दैगर्दा उनले ‘घिन्ताङ’ पनि छोडिन् । फिल्म ‘घिन्ताङ’ छोडेर म्युजिक भिडियोमा रमाइरहेकी उनी अहिले भने फिल्म ‘घुइँचो’ मा अनुबन्धित भएकी छन् ।
हालै राजधानीको एक पाँचतारे होटलमा निर्माणको घोषणा भएको फिल्ममा उनी नव अभिनेता कुन्साङका जोडीको रुपमा अनुबन्धित भएकी हुन् । सामाजिक कथावस्तुमा बन्न लागेको फिल्म दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । फिल्मका निर्माता रामजी दैलेखी रहेका छन् ।
फिल्म घोषणा कार्यक्रममा एलिजा फिल्मको कथाले आफुलाई तानेको बताएकी थिइन् । फिल्म आफ्ना लागि पुनर्जन्म भएको समेत उनले बताएकी थिइन् ।
लामो समयदेखि फिल्म हात पार्न नसकेकी उनलाई ‘घुइँचो’ले राहत मिलेको फिल्मकर्मीहरु बताउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण