अनुशासन बिनाको पार्टी बजारमात्र हुन्छ : ओली
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासन उल्लंघन सैह्य नहुने बताएका छन् । उनले पार्टीको दशौं महाधिवेशन अन्तर्गत मंगलबार बन्द सत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई विशेष निर्देशन दिँदै यस्तो बताएका हुन् ।
‘पार्टीभित्र अनुशासनको स्थिति के छ, अनुशासन उल्लंघन भएमा तिनलाई हटाउन के कस्ता उपाय अपनाउने, अनुशासन उल्लंघन हुन लाग्दा पनि सचेत गराउने काम दृढताका साथ गर्नुपर्छ,’ उनले भने । पार्टीमा अनुशासन कायम गर्ने कुरामा दृढताका साथ कदम चाल्न निर्देशन दिँदै उनले भने, ‘अनुशासन उल्लंघन सैहय हुन सक्दैन । अनुशासन बिनाको पार्टी बजारमात्र हुन्छ, पार्टी हुँदैन ।’
उनले अब तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्ने पनि जानकारी दिए । त्यो एकीकरण पार्टी–पार्टीबीच नभई कार्यकर्ता एकीकरणको अभियान हुने उनले प्रस्ट पारे । उनले भने, ‘विभिन्न पार्टीबाट कार्यकर्ता ल्याउनुपर्छ र पार्टीमा प्रवेश गराएर यो पार्टीलाई माथि उठाउनु पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० बुँदे कार्यसूचीमा ८७ प्रतिशत प्रगति भएको सरकारको दाबी, कति भए कार्यान्वयन ?
-
एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक, 'ए' श्रेणीमा ५ खेलाडी (सूचीसहित)
-
नेपाल अरनिको यातायात सेवा प्रालिसमक्ष ८ बुँदे माग प्रस्तुत
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण