सुनसरी काँग्रेस : एक मतले हारेपछि पुनः मतगणना गर्न माग गर्दै निवेदन
नेपाली काँग्रेस सुनसरी उपसभापतिका उम्मेदवार गफार अन्सारी मियाँ र सचिवका उम्मेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाको माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् । जिल्ला उपसभापतिका उम्मेदवार अन्सारी र सचिवका उम्मेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका हुन् ।
संस्थापन पक्षबाट उम्मेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पङ्कज कुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुन गणना गर्न माग गरिएको जानकारी दिए ।
सचिवमा एक मतले पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै पनि लापरबाही तरिकाले मतगणना गरिएको भन्दै निवेदन दिएको बताए । सचिवमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर पराजित भएका थिए ।
निर्वाचन कार्यालयमा निवेदन परेपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ । सहायक जिल्ला निर्वाचन अधिकृत वेनु सिग्देलले सहमति नहुन्जेल मतगणना स्थगित गरिएको जानकारी दिए । उनले दुई समूहका उम्मेदवार, जिल्ला नेताको सर्वपक्षीय छलफलबाट निष्कर्ष निकालिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण