४ वर्षीय बालकको हत्या आरोप लागेका दम्पती पुर्पक्षका लागि थुनामा
धनुषाको गणेशमान चारनाथ नागरपालिका–११ मा ४ वर्षीय बालकको हत्या आरोपमा दम्पतीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत धनुषाको आदेशले जाकिर मलङ्ग र नुरेजा खातुनलाई पुर्पक्षका लागी थुनामा पठाइएको जिप्रका धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । गणेशमान चारनाथ नगरपालिका– ११ डिलटोल घर भएका उनीहरुलाई कारागार कार्यालय सिन्धुलीमा थुनामा पठाइएको हो ।
जाकिर मलङ्ग दम्पतीले ४ वर्षका बालक मोहम्मद अरमान राईनको हत्या गरेको आरोप छ । कार्तिक ९मा गणेशमान चारनाथ नगरपालिकास्थित आमा जुमैदा खातुनसँग मामाघरमा विवाहमा गएका बालकको हत्या भएको थियो ।
भारतमा विवाह गरेकी जुमैदा खातुन छोरालाई लिएर माइतिघरमा विवाहमा भएकी थिएन् । स्वास्थ्य समस्या भएर मेडिकलमा पुगेर फर्किंदा छोरा बेपत्ता भएपछि परिवार र आफन्तले खोजी गरेका थिए । भोलिल्ट कात्तिक १० मा बालकको शव माछापोखरीमा फेला परेको थियो ।
जाकिर मलङ्ग र नुरेजा खातुनले बालकलाई फकाएर एकान्तमा लगेर हत्या गरेपछि गणेशमान चारनाथ नगरपालिका–२ स्थित लाल बिहारी महतोको माछा पोखरीमा फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्या आरोपमा प्रहरीले दम्पतीलाई कार्तिक १६ मा पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण