विभिन्न परिवर्तनलाई बाह्य हस्तक्षेपका रुपमा मात्र बुझ्न हुँदैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि देशमा हुने परिवर्तन त्यही देशको आन्तरिक कारण हुने गरेको बताएका छन् । उनले नेपालको सन्दर्भमा पनि देश, जनता र राजनीतिक दलहरुले नै परिवर्तनको नेतृत्व गरेको बताए ।
राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले इतिहासमा भएका विभिन्न परिवर्तनलाई बाह्य हस्तक्षेपको रुपमा नबुझ्न आग्रह गरे । उनले नेपालले इतिहासको विश्लेषण गर्ने सन्दर्भमा एकपाखे नबन्न पनि सबैलाई आग्रह गरे ।
उनले देशभक्तिको बलियो पहरेदार बनेर, परिवर्तनको सम्वाहक बनेर अघि बढ्न आवश्यक रहेको बताए । उनले इतिहासका विभिन्न कालखण्डमा राजनीतिक दल र नेताहरुले निर्वाह गर्दै आएको भूमिकालाई हेर्ने दृष्टिकोणमा विविधता रहेको भन्दै हरेक कुरामा नकरात्मकता खोज्न उचित नहुने बताए ।
उनले नेपाली जनतामा रहेको राष्ट्रियताको भावनालाई ठिक ढंगले प्रतिनिधित्व गरेर अघि बढ्न पनि राप्रपालाई सुझाव दिए । जनताको चाहना र भावना के छ भन्ने बुझेर अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै उनले अग्रगमनतर्फ लाग्न सुझाव दिए ।
नेपाल हिन्दु र बुद्ध धर्मको उद्गम थलो रहेको, सगरमाथाको देशका रुपमा विश्वमा चिनिएको उल्लेख गर्दै यहाँको सामाजिक विविधता पनि विश्वमा नमुना भएको बताए । उनले भने, ‘नेपालमा जातीय द्वन्द्व र धार्मिक द्वन्द्व छैन ।’ यो सद्भावलाई कायम राख्दै राप्रपाले पनि देश र जनताको भावनाअनुसार अग्रगमनको यात्रामा लाग्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण