८ प्रतिशत नबिल डिबेन्चर, २०८५ सूचीकरण सम्झौता
नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ८ प्रतिशत नबिल डिबेन्चर २०८५ को क्रमसंख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्तामूल्य एक हजार रुपैयाँ कायम भएको कुल २२,०७,१०८ कित्ताथान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले हस्ताक्षर गरेका छन् ।
बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि मिति गत साउन १० गते आह्वान गरी साउन ३१ गते बाँडफाँट गरेको थियो । सूचीकृत ८ प्रतिशत नबिल डिबेन्चर २०८५ (NBLD85) को दोश्रो बजारको कारोबार भोलि मिति २०७८/०८/१६ देखिबाट नेप्सेमा शुरू हुनेछ । सात वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५ साउन ३० गते हुनेछ ।
नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी र रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरूको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौतासमेत गरिएको छ ।
सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण