सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु ।’
बारले प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।
सापकोटाले संसदको गतिरोध अन्त्यका लागि पनि उपाय खोज्ने बताए । ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा अब सोच्छु,’ उनले भने, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्नेछु ।’ उनी अन्तर व्यवस्थापिका संघ (आईपियू) को १४३ औं सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच