युवतीलाई बन्धक बनाएर जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ
नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका–४ ढाडीका ३० वर्षीय जीतेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।
आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबर्जस्ती यौन सम्बन्ध राखेको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जीतेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताए । पीडित युवतीकी सानीआमाले उनीहरूविरुद्ध उजुरी दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण