पोखरामा लागु औषधसहित २ जना पक्राउ
बिहीबार, १६ मङ्सिर २०७८, २१ : ०२
पोखरामा लागु औषधसहित दुई जना पक्राउ परेका छन् । लागु औषधको किनबेच गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले अवैध लागू औषधसहित दुई जनालाई छोरेपाटनबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका पौवेगौडे घर भइ पोखरा रामबजार बस्दै आएका २८ वर्षीय जोनी गुरुङ र तनहुँ शुक्लागण्डकी ढोरबाराहीका २६ वर्षीय पूर्णबहादुर गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध डाईजापाम–९६ एम्पुल, नुर्फिन–९७ एम्पुल, फेनारगन–९६ एम्पुल र तीन वटा मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनीहरुलाई अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण