काँग्रेसमा को–कति बलियो ?
एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।
पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल (देउवा र इतरसमूह) बीच जिल्ला नेतृत्वमै कडा प्रतिस्पर्धा भएको छ। केही जिल्लामा तेस्रो धारका कृष्ण सिटौला पक्षले पनि नेतृत्व हात पारेको छ। कतिपय जिल्लामा देउवा र सिटौला पक्ष मिलेर पौडेल समूहसँग प्रतिस्पर्धा गरेका छन्। देउवा पक्षले ३२ वटा जिल्लामा सभापति जितेको छ भने देउवा र इतर पक्षले २७ जिल्लामा नेतृत्व लिएको छ। दुई जिल्लाका सभापतिमा सिटौला पक्षले जित निकालेको छ। महाधिवेशन प्रतिनिधिमा पनि देउवा र इतर पक्षबीच कडा प्रतिस्पर्धा भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण