पर्यटनमन्त्री आलेद्वारा पोखरा क्षेत्रीय विमानस्थलको निरीक्षण
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै निर्माणको बाँकी काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले राष्ट्रिय गौरवको आयोजना भएकाले बाँकी कामहरु समयमा नै सम्पन्न गरि सञ्चालनको तयारी थाल्न निर्देशन दिएका हुन् ।
उनले विमानस्थल निर्माणसँगै समस्याका रुपमा देखिएको भलपानीको निकासका लागि सम्बन्धित सरोकारवालासँग समन्वय गरी तत्काल आवश्यक संरचनाहरु निर्माण गर्न निर्देशन दिए । विमानस्थलभन्दा माथिल्लो क्षेत्रको पानी वर्षातको समयमा विमानस्थल हुदै बग्दा जमिन कटान हुने र भूक्षयको समेत समस्या निम्तिने औल्याउँदै त्यसको व्यवस्थापन गर्न मन्त्री आलेले निर्देशन दिएका हुन् ।
त्यसैगरी मन्त्री आलेले जहाज उडान गर्नका लागि अवरोध गर्ने विमानस्थलदेखि पूर्वतर्फ रहेको रिठ्ठेपानी डाँडा कटानलाई तत्काल अगाडि बढाउन समेत आग्रह गरे । विमानस्थल आसपासका नहर र बाटोको समेत निरीक्षण गरेका मन्त्री आलेले स्तरउन्नोतीसँगै आवश्यक सहयोग गर्न आयोजनालाई आग्रह गरे । विमानस्थल परिसरमा जहाजका लागि आवश्यक इन्धन भण्डारणका लागि आवश्यक हवाई इन्धनको डिपो निर्माणका लागि आवश्यक समन्वय गर्ने उनले बताए ।
त्यसैगरी विमानस्थल निर्माणसँगै डम्पिङ साइडको स्थानान्तरणका लागि पोखरा महानगरपालिकसँग समन्वय गरेर उचित व्यवस्थापन गर्न विमानस्थल आयोजनालाई उनले निर्देशन दिए । मन्त्री आलेले विमानस्थलमा निर्माण गरिएका संरचनाहरूको गुणस्तरमा कुनै प्रकारको कमजोरी नगर्न आग्रह गरे । अन्तर्राष्ट्रियस्तरको विमानस्थल भएकाले आइकाओको मापदण्डअनुसार निर्माण गर्नुपर्ने उनले बताए ।
आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थल निर्माणको काम ८८ प्रतिशत सकिएको बताउँदै विमानस्थल क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्याको निराकरणको लागि आवश्यक सहयोगका लागि मन्त्री आलेसँग आग्रह गरे । आयोजना प्रमुख मुनाकर्मीले सन् २०२२ को जनवरीदेखि आन्तरिक उडान थाल्ने गरी तयारी गरिएको बताए ।
आयोजनामा अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । झण्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा सन् २०१७ नोभेम्बरदेखि विमानस्थल निर्माण थालिएको थियो ।
विमानस्थलको रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लने स्थान), नाला निर्माण, ह्याङ्गर लगायतका संरचना निर्माण भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय
-
जलारीमार्फत फेवातालको जलकुम्भी निकाल्दै पोखरा महानगर
-
‘फर्की फर्की’ सबै वर्गका दर्शकको लागि हो : जसिता
-
‘ओलम्पिक छनोटमा सुखद नतिजा ल्याउँछौँ’
-
मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिमण्डल पुनर्गठन
-
गण्डकी सरकारलाई कांग्रेसको चेतावनी : अदालतको आदेश विपरीत काम नगर्नू