ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु, १२ जना घाइते
शुक्रबार, १७ मङ्सिर २०७८, १७ : ३९
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतन कुमारी राना रहेका छन् । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउँदा ट्रयाक्टर सडक छेउमै पल्टिएको हो । प्रहरीका अनुसार ट्रयाक्टरमा ३० जना बढी सवार रहेका थिए । घाइतेको झलारीस्थित नीजि मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कैलालीको धनगढीतर्फ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण