सुदूरपश्चिममा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि
शुक्रबार, १७ मङ्सिर २०७८, १७ : ४३
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर मार्फत १४ र एन्टिजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पतालमा ६ जनामा पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिमार्फत कञ्चनपुरका तीन र बैतडीका दुई जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण मृत्यु भएको छैन् । यसअघि बिहीबार यस प्रदेशमा आठ जनामा सङ्क्रमण पुष्टि हुँदा ११ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण