बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गरुडा–कटहरिया–कलैया सडक निर्माण द्रुतगतिमा

शनिबार, १८ मङ्सिर २०७८, ११ : ०३
शनिबार, १८ मङ्सिर २०७८

रौतहटको गरुडा–कटहरिया–कलैया सडकखण्ड अन्तर्गत कालोपत्रे  प्रक्रिया द्रुतगतिमा  हुँदैछ । नेता प्रभु साह मात्र केही महिनाको लागि सहरी विकास मन्त्री हुँदा कटहरिया कलैया सडकखण्डमा कालोपत्रे निर्माणको लागि २० करोड रुपैया स्वीकृत गरेका थिए ।

डिभिजन सडक कार्यालय द्वारा ६ किलोमिटर कालोपत्रे निर्माणको लागि आव्हान गरेको टेण्डर आश्रय निर्माण सेवाले साढे ९ करोडमा साकार गरेको छ। कटहरिया घाट लालबकैया पुलको  पश्चिम बाँधछेउ बाट बाटो निर्माण सुरु गरिएको निर्माण सेवाका निर्देशक रामाश्रय साहले बताएका छन् । कुल साढे ९ करोडको लागतमा ७ मिटर चौडाइ भएको ६ किलोमिटर अक्सफाल्ट प्रविधिको कालोपत्रेका साथै ११ वटा कल्भर्ट र १ स्थानमा ४६ फिट लामो आरसिसी कल्भर्ट निर्माण हुने योजना रहेको छ । 

सो मध्ये ५ वटा कल्भर्ट निर्माण पुरा भैसकेको छ । पहिलो चरणमा  माटो पुर्ने काम भैसकेको छ । लगत्तै ग्राभेल बेस राखेर ५ सेन्टिमिटर  अक्सफाल्ट प्रविधिको पिच निर्माणको काम सुरु गरिने निर्देशक साहले बताए।  कालोपत्रे निर्माण कार्य यसै  आर्थिक वर्षमा पूरा गर्ने मूल ठेकदार साहले जानकारी दिए ।

सोही टेण्डरमा बचेको रकम बाट डिभिजन सडक मार्फत  झांझपुल देखि दुधियाभार सम्म २ किलोमिटर ७ मिटर चौडाइ भएको कालोपत्रे बाटो निर्माण कार्य सुरु भएको छ । भ्याट सहित कुल ६ करोडमा २ किलोमिटर बाटो कल्भर्ट सहितको निर्माण गर्न डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले आव्हान गरेको टेण्डर मुन्ना निर्माण सेवाले साकार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप