राप्रपा महाधिवेशन : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी
काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ । पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा १५ सय मत खसेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान प्रक्रिया अझै जारी छ । राप्रपा महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ।
वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा महिला उपाध्यक्षतर्फ रोशन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा भाष्कर भद्रा, भुवन पाठक र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही चुनावी प्रतिस्पर्धामा छन् । लिङ्देन समूहबाट उपाध्यक्षमा विक्रम पाण्डे, रामचन्द्र राय, डिलविकास राजभण्डारी, लीला श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्। महामन्त्रीमा नायिका रेखा थापा, डा. धवलशमशेर राणा, श्याम तिमल्सिनाले उम्मेदवारी दिएका छन्।
पदाधिकारीअन्तर्गत एक महिलासहित चार उपाध्यक्ष पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। एक महिलासहित तीन महामन्त्रीका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २६६ जनाले मनोनयन दर्ता भएको छ। उम्मेदवारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको जनाइएको छ । केन्द्रीय सदस्यको निर्वाचन विद्युतीय भोटिङ प्रणाली माध्यमबाट सम्पन्न गरिने बताइएको छ। शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण