वली हत्या प्रकरण : ४ जनालाई जन्मकैदको सजाय
दाङमा दुई वर्षअघि एक युवकको हत्या गरेको ठहर गर्दै चार जना युवालाई जिल्ला अदालत दाङले जन्म कैदको सजाय सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका तुलसीपुरका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसहित सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । तुलसीपुर १२ उरहरीका रामबहादुर वलीको हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई दोषी ठहर गदै उक्त फैसला सुनाइएको अदालतले जनाएको छ । २०७६ साल असार २८ गते उरहरीमा ठकुरीको समूहले खुकुरी प्रहार गरी वलीको हत्या गरेको थियो ।
सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका शुभम् मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ । अभियुक्त ठकुरीले यसअघि २०६९ मंसिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरी हत्या गरेको आरोप लागेको र त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले ठकुरीलाई अदालतले सुधार गृह पठाएको दाङ प्रहरी जनाएको छ । तर, उनी सुध्रिनुको साटो विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न हुँदै आएको र त्यही अन्तरगत वलीको हत्या सम्मको घटना भएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण