पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह
सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् । अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी), अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका छन् । यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) तथा नायब प्रहरी उपरीक्षक (डीएसपी) हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सङ्गठनमा रहँदा विवादमा परेका र भ्रष्टाचारलगायतका आरोप लागेका कतिपय पूर्वप्रहरी विगतमा आफूमाथि लागेका आरोप र मुद्दाबाट जोगिने उद्देश्यले राजनीतिक संरक्षणका लागि विभिन्न दलमा प्रवेश गर्ने गरेको चर्चा बढी हुने गरेको छ । राजनीति शास्त्रका प्राध्यापक डा. लोकराज बरालले अवसर खोज्ने र व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि विभिन्न पृष्ठभूमिका व्यक्ति राजनीतिक दलमा प्रवेश गर्ने गरेको बताए । नेपालजस्ता विकासशील राष्ट्रमा राजनीतिक दल प्रवेश स्वार्थ केन्द्रित रहँदा आदर्श राजनीति शून्य प्रायः रहेको भन्दै उनले नेपालको राजनीतिमा पद, पैसा र शक्ति हावी हुँदा विवादित तथा फरक पृष्ठभूमिका व्यक्ति पार्टी प्रवेश गर्ने गरेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण