डाँछीमा तास खेल्दै गरेका ८ जना पक्राउ
आइतबार, १९ मङ्सिर २०७८, १३ : ०९
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीमा तास खेलीरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।
पक्राउ पर्नेमा चिया पसल सञ्चालिका पार्वती मगरसहित छन् । प्रहरीले तासको खालबाट ३३ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जुवा ऐनअनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण