इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरको समय घट्कियो, राष्ट्र बैंकसँग पुनः समय माग
आइतबार, १९ मङ्सिर २०७८, १४ : १२
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको मर्जरको समयावधि घट्किएको छ । राष्ट्र बैंकले दुई बैंक मर्जरका लागि दिएको अन्तिम समय आइतबार अर्थात् मंसिर १९ गते सकिएको हो । राष्ट्र बैंकले तोकिदिएको समय सीमाभित्र मर्जरको निर्णय गर्न नसकेपछि दुई बैंकले पुनः समय थपका लागि राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्नको लागि साधारणसभा बोलाइसकेको छ भने यता हिमालयन बैंकले मर्जरको विषयमा निर्णय गर्न नसक्दा साधारणसभा समेत बोलाउन सकेको छैन ।
मर्जर नगर्दा राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्नेछ । दुबै बैंकको मर्जर कमिटीले आइतबार मर्जरमा केही अन्योलता भएको हुँदा त्यसलाई सहजीकरण गर्ने प्रक्रिया अगाडि बढेको भन्दै समय थप्न बैंकहरुले केन्द्रीय बैंकलाई पत्र लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको संसद् चलाउन सर्वदलीय बैठक बस्दै
-
पाण्डेलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड
-
पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग सम्झौता : मन्त्री शर्मा
-
सुदूरपश्चिम सरकारको बजेट निर्माण कार्यतालिका प्रभावित
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै