इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरको समय घट्कियो, राष्ट्र बैंकसँग पुनः समय माग
आइतबार, १९ मङ्सिर २०७८, १४ : १२
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको मर्जरको समयावधि घट्किएको छ । राष्ट्र बैंकले दुई बैंक मर्जरका लागि दिएको अन्तिम समय आइतबार अर्थात् मंसिर १९ गते सकिएको हो । राष्ट्र बैंकले तोकिदिएको समय सीमाभित्र मर्जरको निर्णय गर्न नसकेपछि दुई बैंकले पुनः समय थपका लागि राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्नको लागि साधारणसभा बोलाइसकेको छ भने यता हिमालयन बैंकले मर्जरको विषयमा निर्णय गर्न नसक्दा साधारणसभा समेत बोलाउन सकेको छैन ।
मर्जर नगर्दा राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्नेछ । दुबै बैंकको मर्जर कमिटीले आइतबार मर्जरमा केही अन्योलता भएको हुँदा त्यसलाई सहजीकरण गर्ने प्रक्रिया अगाडि बढेको भन्दै समय थप्न बैंकहरुले केन्द्रीय बैंकलाई पत्र लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण