कोटेश्वरको गेष्ट हाउसमा २ बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ
काठमाडौंको कोटेश्वर स्थित गेष्ट हाउसमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको साविक वनाहा घर भएका ४२ वर्षीय फटुली साह छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मंसिर १५ मा कोटेश्वरस्थित सुब्बा गेष्ट हाउसबाट १२ वर्षीया र १५ वर्षीया बालिकालाई उद्दार गरेको थियो । ती बालिकालाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
मकवानपुरबाट दुई बालिकालाई फकाएर ल्याएर शाहले बलात्कार गरेको सुराक पाएपछि प्रहरीले गेष्ट हाउसमा छापा मारेर बालिकालाई उद्दार गरेको हो । बालिकाका आफन्तलाई उनले काठमाडौंमा लगेर ‘पढाउन’ भनेर ल्याएका थिए ।
माइती नेपालले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी वृत बानेश्वरले आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । शाह मकवानपुर स्थित पीडितको घरमा गइरहन्थे । त्यहाँबाट बस चढाएर काठमाडौं ल्याएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण