चितवन महोत्सवको मुख्य प्रायोजक बन्यो टेस्ला
टेस्ला एयर कन्डिसनर १३ औं चितवन महोत्सवको मुख्य प्रायोजक बनेको छ । यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवनको नारायणी नदी किनारमा हुने महोत्सवमा टेस्ला प्रमुख प्रायोजक बनेको हो । चितवन महोत्सव कोभिड १९ महामारीका कारण गत वर्ष हुन सकेको थिएन । वि.स. २०५३ सालदेखि हरेक २ वर्षमा आयोजना हुँदै आएको महोत्सवको १२ औं संस्करणको प्रमुख प्रायोजक पनि टेस्ला नै थियो ।
टेस्लाका अध्यक्ष किरण आचार्यले महोत्सवको प्रमुख प्रायोजक बन्न पाउँदा खुसी लागेको बताएका छन् । उनले अघिल्लो पटकको मुख्य प्रायोजक समेत रहेको टेस्लाले महोत्सवलाई सफल बनाउन सम्पूर्ण शक्ति लगाउने बताए ।
उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् । टेस्ला चितवन स्थित भूलक्ष्मी ग्रुपले उत्पादन गर्दै आएको नेपाली ब्रान्डको एयर कन्डिसनर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण