प्रेरक भनाइ : अत्याचार सहनु र गलत कुरामा सम्झौता गर्नु सबैभन्दा ठूलो अपराध हो
१, गलत तरिकाले प्राप्त उपलब्धिको नतीजा पनि गलत नै हुन्छ । यसबाट सुख खोज्नु भनेको मरुभूमिमा पानी खोज्नु जस्तै हो । जसरी बालुवाबाट बनेका पुलहरूले परेका बेला काम दिँदैनन् त्यसैगरी यस्ता उपलब्धि पनि कुनै काममा हुँदैनन्– कन्फ्युसियस
२, मित्रता हमेसा समानतामा नै आधारित हुनुपर्छ । होइन भने त्यस्तो मित्रता घृणामा पुगेर समाप्त हुन पुग्छ– गोल्ड स्मित
३, जो मानिस प्राप्त वस्तुलाई छाडेर अप्राप्त वस्तुको पछि लाग्छ उसका निम्ति अप्राप्त वस्तु त यसै पनि प्राप्त हुँदैन नै प्राप्त वस्तु पनि नाश भइरहेको हुन्छ– आचार्य चाणक्य
४, प्रायः मानिस समर्थकका कुरा सुन्न चाहन्छन् तर के बिर्सन्छन् भने समर्थकहरूका झुटा कुरा मन पर्न थालेपछि विरोधीको नमस्कार पनि गालीजस्तो लाग्न थालिइहेको हुन्छ– मनुब्राजाकी
५, हत्या, हिंसा र आतङ्क मात्र अपराध होइन सबैभन्दा ठूलो अपराध त त्यो हो, जहाँ अत्याचार सहने र गलत कुरामा सम्झौता गर्ने गरिएको हुन्छ– सुवाषचन्द्र बोस
६, ज्ञान चिन्तनको माध्यमबाट, अनुसरण गरेर र अनुभवबाट गरी तीन किसिमले हासिल गर्न सकिन्छ । यिनमा चिन्तनको माध्यमबाट ज्ञान प्राप्त गर्ने तरिका सजिलो तरिका हो, अनुसरण गरेर ज्ञान लिने तरिका धेरै सजिलो तरिका हो भने अनुभवबाट ज्ञान प्राप्त गर्ने तरिका सबैभन्दा कठिन तरिका हो– अल्बर्ट आइन्स्टाइन
७, कुनै पनि लेखकका लागि बाँच्न र लेख्नका लागि पैसा कमाउनु उचित हुन्छ तर पैसा कमाउनका लागि बाँच्न र लेख्न खोज्नु भने अनुचित मानिन्छ– कार्ल माक्स
८, कुनै पनि काम नगर्ने मानिस मात्र अल्छी होइन, अल्छी त त्यो पनि हो, जसले आपूmले गर्दै आएको कामभन्दा सुन्दर काम गर्न सक्छ तर गर्ने गरेको छैन– सुकरात
९, आफ्नो रहश्य शत्रुबाट लुकाएर राख्न चाहने हो भने जस्तोसुकै घनिष्ट मित्रसित पनि त्यसको चर्चा गर्नुहुँदैन– ब्रेन्जामिन फ्य्राङ्लिन
१०, ईश्वरको दर्शन गर्न चाहने हो भने त्यहाँ जानुपर्छ, जहाँ किसानहरू चर्को घाममा पसिना बगाएर हलो जोतिरहेका हुन्छन्– रवीन्द्रनाथ टैगोर
११, आफ्नो भूलको चर्चा नगर्ने मानिसले अरूको दोष देखाउँदै हिड्नुको अर्थ छैन– अज्ञात
स्रोत विभिन्न पत्रपत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
-
भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट
-
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा संस्कृतिकर्मी श्रेष्ठ नियुक्त
-
मौलापुरमा विद्युत्–पानीको शुल्क सुविधा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
-
मोटरसाइकल दुर्घटना, पाँच जना घाइते
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण