पेट्रोल पम्पहरुलाई चार्जिङ स्टेसनमा रुपान्तरण गर्न आवश्यक छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने बेला आएको बताएका छन् । बुधबार राजधानीमा आयोजित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
पेट्रोलियम सवारीको आयात तथा प्रयोग विस्थापन गर्दै अब विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने बेला आइसकेको भन्दै अर्थमन्त्री शर्माले अहिलेको पेट्रोल पम्पहरुलाई चार्जिङ स्टेसनमा रुपान्तरण गर्नुपर्ने बताए । यसका लागि विश्वमा नयाँ नयाँ टेक्नोलोजी आइसकेको बताउँदै अर्थमन्त्री शर्माले नेपालले पनि सोको अनुसरण गर्नुपर्ने बताए ।
अन्य आवश्यक स्थानमा समेत चार्जिङ स्टेसन निर्माणका लागि सरकार लागि परेको र यसमा निजी क्षेत्रको समेत सरकारले साथ खोजेको उनले बताए । सो अवसरमा मन्त्री शर्माले सडक,पूर्वाधार तथा अन्य सबैखाले भौतिक पूर्वाधार विकासका लागि परम्परागत नीति परिवर्तन गर्नुपर्ने बेला आएको बताए ।
‘परम्परागत नीतिलाई आधुनिकतामा परिवर्तन गर्नुपर्ने जुन प्रसंग छ, त्यो सम्भव छ। तर, जुन व्यवहारिक नीतिहरु छन् त्यो जुन सरकार आएपनि परिवर्तन हुनुहुँदैन मन्त्री शर्माले भने, ‘विकास निर्माणका कुरा पूर्वाधार विकासको कुरा र रोजगारी सिर्जनाको कुरामा जो आएपनि फरक पार्दैन परिवर्तन गर्न हुँदैन ।’
सोही अवसरमा मन्त्री शर्माले भने, ‘अर्थशास्त्र के हो ? केलाई अर्थशास्त्र भनिन्छ त्यो मलाई छैन । तर, देशलाई आत्मनिर्भर बनाउन के गर्नुपर्छ, कसरी गर्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण