कैलालीमा फरार २ अभियुक्त पक्राउ
बुधबार, २२ मङ्सिर २०७८, १५ : १६
कैलालीमा ज्यान मार्ने र सवारी ज्यान मुद्दाका फरार २ जनालाई प्रहरी ले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले कैलाली साविकको दोधारा गाविस ७ का ३३ वर्षीय दिपेन्द्र बुढा र सोही ठाउँका ३० वर्षीय मोहन भट्टराईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दिपेन्द्र २०६४ चैत ८ गते एक व्यक्तिलाई ज्यान मार्ने उद्योग गरी फरार भएका थिए । त्यस्तै मोहनले चलाएको से १ प ६७६३ नम्बरको मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पक्राउ पछि उनीहरुमाथि प्रहरीले कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण