नेपाल–युरोपियन शहरबीच सिधा हवाई उडान आवश्यक छ : राजदूत गिल्स
नेपाल र युरोपियन शहरबीच सिधा हवाई उडानको आवश्यकता रहेको नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओले बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीसँग नेपालको पर्यटन व्यवसाय र युरोपियन बजारको चर्चा गर्दै युरोपियन पर्यटकहरु तान्न पनि नेपाल–युरोपियन शहरहरूबीच सिधा हवाई उडानको आवश्यक रहेको बताएका हुन् ।
उक्त भेटका क्रममा राजदूत गिल्सले फ्रान्स र नेपाल दुवै देशको पर्यटन प्रबर्द्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासहरूको आदान प्रदान समेत गर्नुपर्ने बताए । फ्रान्सेली पर्यटकहरुले नेपालको साहसिक पर्यटन, पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दरता मन पराउने गरेको उनले बताए ।
बोर्डका कार्यकारी प्रमुख (सिइओ)डा. धनञ्जय रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो नरहेको उल्लेख गर्दै विदेशी पर्यटक आगमनमा सहजता ल्याउने गरी काम भइरहेको बताए ।
उनले साहसिक पर्यटनमा रुचि राख्ने फ्रान्सेली पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताउँदै सन २०१८ मा फ्रान्सबाट करिब ३२ हजार र सन २०१९ मा ३१ हजार पर्यटकले नेपाल भ्रमण गरेको समेत बताए ।
यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले फ्रान्सबाट आउटबण्ड पर्यटनमा भारत, भुटान, थाइल्याण्डका गन्तव्यमा कार्य गर्ने पर्यटन व्यवसायीहरुलाई नेपालसम्म लिंक गर्नुपर्नेमा जोड दिइन् । नेपाल र फ्रान्सबीच सन १९४९ अप्रिल २० देखि दैत्य सम्बन्ध रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण