मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

बिहीबार, २३ मङ्सिर २०७८, ०९ : १८
बिहीबार, २३ मङ्सिर २०७८

महाधिवेशनको पूर्व सन्ध्यामा सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ । शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनको अघिल्लो दिन काँग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वका लागि चुनाव लड्दैछन् । संस्थापन इतरबाट भने सभापतिका साझा उम्मेदवारको तय भइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप