दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ
बिहीबार, २३ मङ्सिर २०७८, १६ : ११
दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही(१३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् । ३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका–४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका–३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् । ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका-४ बस्ने ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामद भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण