सभापति देउवाकै नेतृत्वमा आगामी निर्वाचन जित्छौँ : डा.महत
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीले आगामी निर्वाचनमा तीन वटै तहमा चुनाव जितेर बहुमतको सरकार बनाउने दावी गरेका छन् । पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पुस्तकका लेखक रहेका डा. महतले भने,“सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस समावेशी राजनीतिमा प्रवेश गरेको छ । सबै नेपालीलाई बराबरीको हिस्सेदार बनाएको छ । त्यसलाई पूर्णता दिने जिम्मेवारी पूरा गर्न उहाँलाई दोस्रो कार्यकाल भए बल पुग्नेछ ।”
उनले पार्टीमा आफ्नो स्पष्ट बहुमत रहे पनि त्यसको उपयोग गर्दा पार्टीमा विभाजनको रेखा कोरिन नदिन सहमतिका आधारमा पार्टी सञ्चालन गरेर पार्टी सभापति भएकै दिनदेखि देउवाले अत्यन्त बुद्धिमतापूर्ण र दूरदृष्टिपूर्ण काम गर्नुभएको पनि उल्लेख गरे । उनले भने, “बहुमत,अल्पमतका आधारमा निर्णय गर्दा अन्य पार्टीमा आएको विग्रह हेर्दा सभापतिको विचार सही रहेको पुष्टि हुन्छ ।”
पार्टीका सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसलाई आधुनिक,गतिशील र आमजनतासंग जोडिने बनाउने बाचा गर्दै भने, “आफ्नो गाऊँ ठाउँमा बसेर काम गर्ने कार्यकर्ताले पनि केन्द्रका नेताहरुलाई नचिनिकनै कामका आधारमा मूल्यांकन भएको थाहा पाउने पद्धति विकसित गरिनेछ ।” उनले अब काम भएन भनेर कुरा गरेर दिन कटाउने दिन आउन नदिने बताउदै भने, “आगामी कार्यकालमा पार्टीले काम दिएको दियै गर्नेछ । कार्यक्रम दिनेछ । चिया पसलमा बसेर नेता तथा सहकर्मीहरुको कुरा काट्ने अवसर दिने छैन ।”
आज विमोचित पुस्तक डा.प्रकाश शरण महतले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह(अर्थशास्त्र)मा तयार गरेको थेसिसको परिस्कृत रुप हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण