इच्छाराज प्रकरणमा मुछिएका अन्य आरोपितहरूलाई पनि तत्काल पक्राउ गर्न माग (फोटोहरू)

सिभिल् सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ, इच्छाराज तामाङ ठगी प्रकरणमा पक्राउ परेका सबै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न पीडित सङ्घर्ष समितिले सरकारसँग माग गरेका छन् । बिहीबार चेतावनी स्वरूप आन्दोलन चर्काउँदै पीडित सङ्घर्ष समितिले पक्राउ परेका जो कोहीलाई उन्मुक्ति नदिन आग्रह गरेको हो ।
सङ्घर्ष समितिले जारी गरेको विज्ञप्ति अनुसार सिभिल सेभिङ्स एण्ड कोअपरेटिभ सहकारीको नाममा इच्छाराज तामाङ र उनको समूहबाट १५ सय भन्दा बढी बचतकर्ताहरूको ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ ठगिएको र आरोपितहरू बहाना बनाएर भाग्न खोजेको बताएका छन् ।
यस्ता ठगी आरोपमा पक्राउ परेका कोहीलाई पनि उन्मुक्ति नदिन र ठगी तथा सङ्गठित आर्थिक अपराधमा संलग्न अन्य फरार अभियुक्तहरू सिर्जना शाक्य तामाङ, प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ तथा अन्यलाई तत्काल पक्राउ पुर्जी जारी गर्न र बचत रकम फिर्ता गर्न सरकारसँग माग गरेका छन् । १५ सय भन्दा बढी बचतकर्ताहरूमा अधिकांश बचतकर्ता ६० वर्ष भन्दा माथिको ज्येष्ठ नागरिक रहेको समेत पीडित सङ्घर्ष समितिले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन