इच्छाराज प्रकरणमा मुछिएका अन्य आरोपितहरूलाई पनि तत्काल पक्राउ गर्न माग (फोटोहरू)
सिभिल् सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ, इच्छाराज तामाङ ठगी प्रकरणमा पक्राउ परेका सबै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न पीडित सङ्घर्ष समितिले सरकारसँग माग गरेका छन् । बिहीबार चेतावनी स्वरूप आन्दोलन चर्काउँदै पीडित सङ्घर्ष समितिले पक्राउ परेका जो कोहीलाई उन्मुक्ति नदिन आग्रह गरेको हो ।
सङ्घर्ष समितिले जारी गरेको विज्ञप्ति अनुसार सिभिल सेभिङ्स एण्ड कोअपरेटिभ सहकारीको नाममा इच्छाराज तामाङ र उनको समूहबाट १५ सय भन्दा बढी बचतकर्ताहरूको ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ ठगिएको र आरोपितहरू बहाना बनाएर भाग्न खोजेको बताएका छन् ।
यस्ता ठगी आरोपमा पक्राउ परेका कोहीलाई पनि उन्मुक्ति नदिन र ठगी तथा सङ्गठित आर्थिक अपराधमा संलग्न अन्य फरार अभियुक्तहरू सिर्जना शाक्य तामाङ, प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ तथा अन्यलाई तत्काल पक्राउ पुर्जी जारी गर्न र बचत रकम फिर्ता गर्न सरकारसँग माग गरेका छन् । १५ सय भन्दा बढी बचतकर्ताहरूमा अधिकांश बचतकर्ता ६० वर्ष भन्दा माथिको ज्येष्ठ नागरिक रहेको समेत पीडित सङ्घर्ष समितिले बताएको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण