विमलेन्द्रको फोनपछि रामचन्द्र महाधिवेशनमा हाजिर हुने
आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने क्रममा नेताहरुसँग भनाभनपछि महाधिवेशनको उद्घाटन मै सहभागी नहुने बताएका वरिष्ठ नेता रामचन्द्र पौडेल उद्घाटन सत्रमा उपस्थित हुने भएका छन् ।
बुधबार बेलुका नेता प्रकाशमान सिंहको घरमा नेताहरु सिंह र शेखर कोइरालालाई सहमतिमा साझा उम्मेदवार छान्ने प्रस्तावमाथि छलफल गर्दा सहमति नजुटेपछि पौडेल आफु अब काँग्रेसको राजनीतिबाटै सन्यास लिने भनेर हिँडेका थिए । त्यसक्रममा उनले आफु महाधिवेशनमा समेत सहभागी नहुने बताएका थिए ।
त्यसको भोलिपल्ट बिहीबार दिनभर मोवाइल समेत डाइभर्ट गरेर कसैसँग सम्पर्कमा नआएका पौडेललाई आज शुक्रबार उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन अर्का नेता विमलेन्द्र निधिले फोनमार्फत आग्रह गरेका थिए । निधीले पौडेललाई फोन गरेर तपाई नै महाधिवेशनमा सहभागी नहुँदा काँग्रेसमा राम्रो सन्देश नजाने भएकाले जसरी पनि सहभागी हुन आग्रह गरेका थिए ।
‘तपाईं जस्तो नेता नै महाधिवेशनमा सहभागी नहुने भन्ने कुराले राम्रो सन्देश दिँदैन । तपाईले निर्णय बदल्न जरुरी छ । त्यसैले जसरी पनि आउनुपर्छ’, निधिले पौडेललाई फोनमार्फत आग्रह गरेका थिए । जवाफमा पौडेलले ‘त्यसो भए म आउँछु नि त !’ भन्ने जवाफ दिएको निधि निकट स्रोतले जनाएको छ ।
काँग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ । भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्व छनोट गर्दैछ । त्यसका लागि संस्थापन पक्ष र संस्थापनइतर पक्षले छुट्टाछुट्टै सभापति सहितका पदमा उम्मेदवारी दिँदैछन् । संस्थापन इतर पक्षमा सभापतिका उम्मेदवार धेरै भएपछि एउटा उम्मेदवार तय गर्न सकस परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण