धान बेच्न पनि सिफारिस !
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि किसानसँग कृषि ज्ञान केन्द्र, नेपालगञ्जको सिफारिस माग गरेको छ । सिफारिस लिन केन्द्रमा पुगेका किसानले समयमै सिफारिस पत्र नपाउँदा केन्द्रमा तोडफोडसमेत गरेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामबहादुर विष्टले यस वर्ष किसान पहिचान गराएर मात्रै धान खरिद गर्ने निर्णय गरिएको जानकारी दिँदै त्यसका लागि कृषि ज्ञान केन्द्रबाट सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । गत वर्षको भन्दा आधा जति मात्रै धान खरिद गर्ने निर्देशन प्राप्त भएको र धान बिक्री गर्ने किसान धेरै भएकाले सिफारिसका लागि तँछाडमछाड भएको प्रमुख विष्टले बताए ।
स्थानीय व्यापारीले सरकारले तोकेको समर्थन मूल्यभन्दा कममा मात्रै धान खरिद गर्ने भएकाले किसान कम्पनीलाई नै धान बेच्न चाहन्छन् । कम्पनीले बाँकेका किसानबाट यस वर्ष २५ हजार क्विन्टल मात्रै खरिद गर्ने भएपछि आफ्नो पालो सुनिश्चित गर्न एकै पटक सयौँ किसान कृषि ज्ञान केन्द्र पुगेको प्रहरीले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण