काँग्रेसको केन्द्रीय सदस्यमा रबिन्द्रमानको उम्मेदवारी
खेलकुद र व्यापारिक क्षेत्रमा स्थापित व्यक्तित्व बाँकेका रबिन्द्र मान श्रेष्ठले नेपाली काँग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । बाँके क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित रबिन्द्रमानले संस्थापन पक्षबाट खुला केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन । रबिन्द्र मान श्रेष्ठ बाँकेका पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठका छोरा हुन् । रबिन्द्रमान फुटबलका पुर्व राष्ट्रिय खेलाडी हुन् ।
सफल व्यावसायी एवम खेलकर्मीको छबी बनाएका रबिन्द्रमानले पछिल्लो समय बाँकेमा केन्द्रित रहेर राजनीति गरिरहेका छन् । कृष्णमान श्रेष्ठ बाँकेको राजनीतिमा कुशल छबी बनाएका नेता हुन । जिल्ला सभापति हुँदा उनी बाँकेमा सर्वमान्य नेताका रुपमा स्थापित थिए । आफनो बाबुको सपना गर्दै बाँकेलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने लक्ष्य सहित राजनीतिमा सक्रिय भएको रबिन्द्रमान बताउँछन् ।
रबिन्द्रमान बाँकेका युवाहरुका लागि राजनीतिमा आदर्श नेताका रुपमा चिनिन्छन् । व्यावसायिक क्षेत्रमा पनि उनी ब्रान्डका रुपमा स्थापित छन । व्यवसायमा उनले नेपालका ठूला व्यवसायिक प्रतिष्ठानको नेतृत्व गर्दै तिनलाई बजारमा स्थापित गरेर एक सफल व्यवसायिक नेतृत्वकर्ताको परिचय दह्रो गरी दिए । तिनै एक सफल पूर्व फुटबलर र हालका एक सफल व्यावसायिक ‘लिडर’ रविन्द्रमान श्रेष्ठ पछिल्लो समय राजनीतिक नेतृत्वको मार्गमा सक्रियता बढाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण