प्रदेश १ मा माओवादी केन्द्रको अधिवेशन स्थगित
अध्यक्ष र पदाधिकारीमा सहमति जुट्न नसकेपछि नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन दुई दिनका लागि स्थगित भएको छ । सोमबार दिनभर अध्यक्ष र पदाधिकारीमा सहमतिको प्रयास असफल नभएपछि सोमबार र मंगलबारका लागि अधिवेशन स्थगित गरिएको हो ।
माओवादी केन्द्रको विधानमा चुनावी प्रकृयाबाट पदाधिकारी चयनका क्रममा उम्मेदवार भएर माथिल्लो कमिटीमा सहभागी हुन नपाउने भएपछि सहमतिबाटै अध्यक्ष र पदाधिकारी चयनका लागि प्रयास हुँदै आएको थियो । दुई दिनका लागि अधिवेशन स्थगित गरिएको अध्यक्ष सुरेशकुमार राईले बताए । नयाँ नेतृत्वमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सहमतिको नाममा अधिवेशन लम्बिएको थियो ।
यसअघि नयाँ नेतृत्वका लागि २५९ सदस्यीय कमिटी बनाउने सहमति जुटेको थियो । तर अध्यक्ष र पदाधिकारीमा भने सहमति जुट्न सकेको थिएन । अब बन्ने अध्यक्ष र पदाधिकारीको चयन सदस्यहरुबाट गरिनेछ । प्रदेश अध्यक्षको दौडमा वर्तमान अध्यक्ष सुरेशकुमार राई, सचिव हेमराज भण्डारी, केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्बो र सुदन किराती छन् ।
प्रदेश अधिवेशनले पार्टीको विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष महिलासहित तीन, सचिव एक, सहसचिव तीन र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित गर्नेछ । आइतबार राति छानिएका सदस्यको नाम भने टुङ्ग्याइएको थियो ।
शनिबार मोरङको विराट चोकमा सुरु प्रदेश सम्मेलनले आइतबारसम्ममा नेतृत्व चयन गर्ने कार्य तालिका थियो । तर, नेतृत्वको आकांक्षी धेरै भएर सहमति हुन नसक्दा अधिवेशन लम्बिन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण