स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
सोमबार, २७ मङ्सिर २०७८, १७ : ५५
दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेकी छन् ।
ना ३ ख ९९९३ नं. को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते बालिकाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण