शेखरले भने–दोस्रो चरणमा परिणाम जस्तोसुकै आए पनि स्वीकार्छु
काँग्रेस सभापतिका उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणमा परिणाम जस्तोसुकै आए पनि स्वीकार्न तयार रहेको बताएका छन् । महाधिवेशनको पहिलो चरणबाट नेतृत्व चयन हुन नसकेपछि अब दोस्रो चरणमा जाने चुनावमा प्रतिस्पर्धा गरिरहेका उनले यस्तो बताएका हुन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईहरु आफै नेता हुनुहुन्छ । आफ्नो मन, अन्तरआत्मा र विवेकको प्रयोग गर्नु हुने नै छ । तपाईहरूको त्यही एक मतले नेपालको भविष्य परिवर्तन हुनेछ । भोट हाल्दा गुट, उपगुट बिर्सेर विवेक प्रयोग गर्नुहोस् ।’
उनले आफूले नेपाली काँग्रेसको सभापतिमा विजयी भए काँग्रेसको समग्र जीवनमा परिवर्तन ल्याउने योजना बनाएको पनि सुनाए । आफूले सुरू गरेको नेपाली काँग्रेस रूपान्तरण र पुनर्जागरण योजनालाई निष्कर्षमा पुर्याउने घोषण पनि गरे ।
उनले भने, ‘निर्वाचनपछि फेरि पनि नेपाली कांग्रेसभित्रको बृहत्तर एकताको पक्षमा म रहने नै छु । म मेरो देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चितता र आगामी पुस्ताका लागि समग्र जीवन आहुति गर्न चाहन्छु ।’ दोस्रो चरणमा उनले शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न लागेका छन् । पहिलो चरणमा ८२ मत कम ल्याएका देउवाले आफूलाई सुरक्षित गर्न प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन जुटाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण